Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कास्कीमा नदि तथा खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय कडाइका साथ लागू गरिने


ग्लोबल पाना
मंगलबार, असार १२ २०८०
  • 364
    SHARES

  • images
    कास्कीमा नदि तथा खानीजन्य पदार्थको उत्खनन बन्द   गर्ने निर्णय कडाइका साथ लागू गरिने

    पोखरा । कास्की जिल्लामा नदि तथा खानीजन्य पदार्थको उत्खनन कार्य बन्द गर्ने निर्णय गरिएको छ। नदि तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति अध्यक्ष एबम जिल्ला समन्वय समिति कास्किका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समितिको बैठकले सो निर्णय गरेको हो।

    images
    images
    images

    बैठकबाट नदिजन्य पदार्थ उत्खनन सम्बन्धि संघिय मापदण्ड पहिलो संसोधन २०७९ को दफा ४ को १६ नम्बर बुदा बमोजिम आषाढ देखि भाद्र मसान्तसम्म सबै किसिमको उत्खनन कार्य बन्द गर्नुपर्ने उल्लेख भए अनुसार सो कार्य कडाइका साथ लागू गर्न जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय तहहरूलाइ पत्राचार गर्ने निर्णय गरिएको छ।

    साथै सम्पूर्ण पालिकाहरूलाई नदिजन्य पदार्थको मौज्दात प्रमाणित गराइ सो को जानकारी सात दिन भित्र जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउन आग्रह गरिएको छ। सात दिन भित्र मौज्दात विवरण उपलब्ध नगराएको पाइएमा बिक्रीवितरण गर्न नपाउने कार्यलाई कडाइका साथ लागू गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनु भयो।

    निर्णय कार्यान्वयन भए नभएको कडाइका साथ अनुगमन हुने भन्दै कास्कीका कतिपय स्थानमा उल्लेखित मापदण्ड बिपरित उत्खनन जारी रहेको पाइएको हुँदा नियम पालना नगर्नेलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याइने जिल्ला अनुगमन समितिका सदस्य सचिब एबम कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बताउनु भयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ