काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीशहरु नियुक्त गरिने जानकारी दिएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीश नियुक्त गरिने जवाफ दिएका हुन्।
राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्त हुने गरेको आंशकाप्रति जवाफ दिँदै मन्त्री गुरुङले संविधानले व्यवस्था गरेअनुसार नै न्यायाधीश नियुक्त हुने बताए।
.gif)




 x 450 (H) Global Pana.jpeg)


