Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गृहमन्त्री ७ सदस्यीय प्रतिनिधिमण्डल सहित ५ दिने भ्रमणको लागि चीनको सिचुवान प्रस्थान


ग्लोबल पाना
बुधबार, असार १३ २०८०
  • 232
    SHARES

  • images
    गृहमन्त्री ७ सदस्यीय प्रतिनिधिमण्डल सहित ५ दिने भ्रमणको लागि चीनको सिचुवान प्रस्थान

    काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डल सहित मङ्गलबार राति ११ः२० बजे पाँचदिने भ्रमणको लागि चीनको सिचुवान तर्फ प्रस्थान गर्नुभएको छ ।

    images
    images
    images

    उहाँले बुधबार छेन्दुमा आयोजित 'पश्चिमी चीनिया अन्तराष्ट्रिय मेला'को उद्घाटन समारोहमा विशेष अतिथिको रुपमा सरिक भएर सम्बोधन गर्ने विशेष कार्यक्रम रहेको छ। भ्रमणको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्यालयमा भेटघाट तथा अवलोकन सहित त्यहॅा अध्ययनरत करिब ३०० अन्तराष्ट्रिय विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    त्यसैगरी उहाँले भुकम्पपछिको पुनर्निर्माण भएको Yingxiu भुकम्प स्थल र Zipingpu स्थित 'हाइड्रो जक्सन'को तथा दुजियाङ्गानस्थित सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थान परियोजनाको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

    प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल हुनुहुन्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ