Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई नेपाली युवाको मृत्यु, चार घाइते


ग्लोबल पाना
बुधबार, असार १३ २०८०
  • 210
    SHARES

  • images
    भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई नेपाली युवाको मृत्यु, चार घाइते

    काठमाडौं । नेपाल भारत सीमा क्षेत्रममा भारतीय सुरक्षाकर्मीको गोली चलाउँदा दुई नेपालीको मृत्यु भएको खबर आएको छ।सर्लाहीका दुई युवाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएका खबर आएको भएपनि नेपाली सुरक्षा अधिकारीहरुले अझै  पुष्टि गरका छैनन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता कुवेर कठायतले पनि अहिले बुझनेक्रम जारी रहेको बताए।

    images
    images
    images

    सशस्त्र प्रहरीले पनि केही बताएको छैन। सर्लाही प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्बासका दुई युवाको मृत्यु भएको हो।

    गोली लागि मारिने युवा लालबन्दी २ पुनर्वासका राजेश पासवान र रुमाले पासवान छन्। घाइते चार जनाको नाम खुलेको छैन। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगिसकेको छ। के कारणले भारतीय प्रहरीले गोली चलाएको भन्नेबारेमा केही बताएको छैन।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ