Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कानुनको सर्वोच्चता मात्र हैन लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ : प्रधानमन्त्री प्रचण्ड


ग्लोबल पाना
बुधबार, असार १३ २०८०
  • 276
    SHARES

  • images
    कानुनको सर्वोच्चता मात्र हैन लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको बताएका हुन्।

    images
    images
    images

    नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको अनुसन्धान र कारबाहीले जनतामा विश्वास जागेको र यसले कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको प्रधानमन्त्री दाहालको भनाइ छ।

    हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको र यसले जनतामा विश्वास जाग्न सुरु भएको उनले बताए ।

    उनले भने, ‘नक्कली भुटानी शरणर्ाी प्रकरणबाट सरकारले कानुनको सर्वोच्चता मात्र स्थापित गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ