काठमाडौं । गैर आवासीय नेपाली संघ अमेरिकाको पश्चिम क्षेत्रीय अध्यक्षमा समाजसेवी विष्णु के.सी. खत्रीले आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ ।
NRNA NCC USA CA Chapter देखि केन्द्रिय स्तरसम्म विभिन्न ओहदामा रही बिगत लामो समयदेखि निरन्तर आफ्नो उर्जावान समय व्यतित गर्दै विविध नेपाली भाषिहरुका हकहितका कार्यहरुमा वुलन्द आवाज उठाउनुको साथसाथै आजको दिनमापनि सहमती सहकार्य र एकता गर्दै "सवल नेत्रृत्व आजको आवश्यकता" भन्ने नाराका साथै अमेरिकाको NRNA को आपसी एकता र सद्भावलाई बचाई राख्न समर्पित भएको बताउनु भएको छ ।
केसीले NRNA NCC USA CA Chapter देखि केन्द्रिय सम्म बिभिन्न पदमा काम गर्नुका साथै संस्था र समाज प्रति उत्तरदायी हुदै यस कार्य समितिमा बसेर इमानदार पूर्वक काम गर्दै आउनु भएको छ । सामाजसेवि केसीकाे जन्म ओखलढुंगाकाे क्यानम गाउँपालिकामा भएकाे हाे । उहाँ एक निडर क्षमतावान र समाजकाे लागि केही गर्ने स्वचालित स्वाभिमानि र स्वतन्त्र स्वभावको व्यक्तित्व हुनुहुन्छ ।
NRNA अभियानलाई नयाँ उचाईमा लैजानका लागी दिलो ज्यानले खट्ने प्रतिवद्वता जनाउदै अमूल्य मत र साथ सहयोग र आड भरोसाका साथै ईमन्दार,समाज सेवाको लागी ज़्यान दिनपनि पछि नहट्ने बताउनु भएकाे छ। उहाँले अमेरिकामा रहनु भएका सम्पूर्ण नेपाली भाषीहरुको हकहितमा काम गर्ने तिव्र ईच्छा र आकांक्षा साथ गैर आवासिय नेपाली संघ अमेरीकाको पश्चिम क्षेत्र जस अन्तर्गत अमेरीकाको पश्चिम क्षेत्रका १३ वटा राज्यहरु पर्दछन्, यसै West Coast Region को Regional Committee Chair (RCC) को अध्यक्ष पदको उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दिएको ग्लाेबल पानालाई जानकारी दिनु भएकाे छ ।
उहाँ भन्नू हुन्छ 'यही जुलाई २२ र २३ मा हुने मतदानमा अमेरिकाको पश्चिम क्षेत्रमा बसोवास गर्नुहुने गैर आवासिय नेपाली संघ अमेरीकाका सम्पूर्ण पन्जिकृत सदस्यहरुले मलाई अत्यधिक मतदान गरी निर्वाचित गराउनुहुन हार्दिक अपिल गर्दछु। यस क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण बुवा आमा दाजु भाई तथा दिदी बहिनीहरुलाई सहयोग र साथका लागी हार्दिक अनुरोध गर्दछु।'
.gif)




 x 450 (H) Global Pana.jpeg)


