Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना


ग्लोबल पाना
शुक्रबार, असार १५ २०८०
  • 272
    SHARES

  • images
    बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

    काठमाडौं । बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस शुक्रवार विहान कपिलवस्तुमा दुर्घटना भएको छ। ना ६ ख १३३९ नम्बरको बस विहान ५ बजे शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना भएको हो। दुर्घटनामा परी चार पुरूष र दुई महिला गरी ६ जना घाइते भएका छन्।

    images
    images
    images

    बसमा चालिस यात्रु सवार रहेको र हाल घाईतेहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मिन बहादुर घलेले जानकारी दिएका छन् । उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ।

    तीव्र गति र मोड भएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटना भएको सूचना प्राप्त भएको पाँच मिनेटमै प्रहरी घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। दुर्घटनापछि चालक भने फरार रहेका छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ