Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सुनमा लक्जरी कर लगाइएको छैनः अर्थमन्त्री डा. महत


ग्लोबल पाना
शनिबार, असार १६ २०८०
  • 207
    SHARES

  • images
    सुनमा लक्जरी कर लगाइएको छैनः अर्थमन्त्री डा. महत

    पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौंपछि आर्थिक क्रियाकलाप पोखरामा बढी हुन्छ, यहाँ मध्यम खालका उद्योग छ, पर्यटन यहाँको महत्वपूर्ण बताउनु भयो । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको शनिबार भएको भेटघाट कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘मध्यमखालको उद्योगले नै धेरै रोजगारी सिर्जना गर्छ ।

    images
    images
    images

    यस्ता उद्योगलाई संरक्षण गर्न हामीले बजेटको व्यवस्था गरेका छौं ।’ कम्तीमा एक तहको संरक्षण दिने सरकारको नीति छ, जसले गर्दा पोखराको साना र मझौला उद्योग वृद्धि हुने मन्त्री डा. महतको भनाइ थियो, उहाँले भन्नुभयो, ‘पर्यटन व्यवसायले लय पक्रन थालेको छ । उद्योग वाणिज्य क्षेत्रका साथीहरुले सकरात्मक सोचका साथ अगाडि बढ्न जरुरी छ ।’

    व्यवसायीहरुले सोधेको जिज्ञासाको उत्तर दिँदै मन्त्री डा. महतले भन्नुभयो, ‘सुनमा लक्जरी ट्याक्स लगाएको छैन, हिरा मोतीमा हो, लक्जरी ट्याक्स । जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो । थोरै भए पनि आम मानिसले सुन लगाउँछन, त्यसैले सुनमा ट्याक्स लगाएको छैन ।’ ‘ट्राभल्र्समा भ्याट लगाएको छैन, एयरलाइन्सलाई लगाइएको हो ।

    नेपाल ओरिजन भएको एयरलाइन्सको फ्लाइटमा त्यो ट्याक्स लाग्छ । व्यवसायीहरुले ट्याक्स तिर्नुपर्ने होइन’ मन्त्री डा. महतले भन्नुभयो, ‘नेपालको उत्पादन बढाउन आलु प्याजमा भ्याट लगाइएको हो । साप्टाको सम्झौताअनुसार ७ प्रतिशतभन्दा बढी कर लगाउन पाइँदैन ।

    सुनमा भारतमा जस्तै यहाँ पनि सुविधा दिएको छ । महिलालाई ५० हजार र पुरुषलाई २५ हजार रुपैयाँसम्म सुन खरिदमा सुविधा दिइएको छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ