Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दिगो बिकासका लक्ष्य पहिल्याउन तिनै तहका सरकार थप सक्रियताका साथ लाग्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना


ग्लोबल पाना
आइतबार, असार १७ २०८०
  • 283
    SHARES

  • images
    दिगो बिकासका लक्ष्य पहिल्याउन तिनै तहका सरकार थप  सक्रियताका साथ लाग्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

    पोखरा । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले दिगो बिकासका लक्ष्य पहिल्याउन तिनै तहका सरकार सक्रियताका साथ लाग्नु पर्ने बताउनु भएको छ।

    images
    images
    images

    तिमिल्सिनाले साना टुक्रे योजनालाइ प्रदेश र संघ सरकारले प्राथमिकता दिन नहुने र आबश्यक पर्ने त्यस्ता योजना स्थानिय तहलाइ दिनुपर्ने भन्दै सुसासन र समृद्धिका लागि दिगो बिकासका लक्ष्य कार्यान्वयनको विकल्प नभएको बताउनु भयो।

    अध्यक्ष तिमिल्सिनाले सो कुरा दिगो बिकास तथा सुशासन समिति ,संघीय संसद ,राष्ट्रिय सभाको सहकार्यमा गण्डकी प्रदेश नीति तथा योजना आयोगको आयोजनामा " नेपालमा दिगो बिकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदिय अध्ययन तथा मुल्यांकन सम्बन्धि " पोखरामा आयोजित अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।

    तिमिल्सिनाले तिब्र बिकास र सुसासनका लागि साम्सदहरू योजनाको फाइल बोकेर मन्त्रालय र कार्यालयहरू धाउनु पर्ने अबस्थाको अन्त्य गर्नुपर्ने भन्दै जन प्रतिनिधि र राष्ट्रसेवक कर्मचारी र सरोकारवाला सबै एक भएर लक्ष्य कार्यान्वयनमा लागि पर्न आग्रह गर्नु भयो ।

    गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले अब बिकासका योजना बनाउन अब गण्डकी प्रदेशमा योजना बैंक स्थापना गर्न लागेको भन्दै सबै पालिकाका लागि आबश्यक योजना त्यही बैंक मार्फत अगाडि बढाउने योजना रहेको जानकारी दिनुभयो।

    कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका सचिब तथा प्रतिनिधिहरूले आफ्नो मन्त्रालय अन्तर्गत दिगो बिकास लक्ष्य कार्यान्वयन सम्बन्धमा भएका कामहरूको विवरण प्रस्तुत गर्नु भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ