Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गिरिजाबाबुको जस्तो निणर्य क्षमता सबै नेतामा हुँदैन : डा. शशांक


ग्लोबल पाना
सोमबार, असार १८ २०८०
  • 263
    SHARES

  • images
    गिरिजाबाबुको जस्तो निणर्य क्षमता सबै नेतामा हुँदैन : डा. शशांक

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गिरिजाप्रसाद कोइराला जस्तो अदम्य साहस र निणर्य क्षमता भएको नेता विरलै मात्र भेटिने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वमहामन्त्री कोइरालाले गिरिजाप्रसाद कोइरालाको जस्तो साहस र निणर्य क्षमता सवै नेतामा नहुने बताएका हुन्।

    images
    images
    images

    उनले भने, ‘गिरिजाबाबुको जस्तो निणर्य क्षमता सबैमा हुँदैन। उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो।’ गिरिजाप्रसाद कोइराला कै कारण दोश्रो जनआन्दोलन सफल भएको बताउँदै नेता शशांकले भने, ‘दोश्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो।’ कोइरालाले रक्तदान जस्तो सामाजिक काम सबैले गर्नुपर्ने बताए।

    उनले २०४६ सालको आन्दोलन चरमोत्कर्षमा पुगेका बेलामा रगत अभाव भएपछि आफूले त्रिवि शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको स्मरण पनि गरे। रक्तदान भनेको जीवन दान भएको बताउँदै यस्ता सामाजिक काममा नेपाली कांग्रेसका नेता कार्यकर्ताले प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पारे।

    कार्यक्रममा केन्द्रीय सदस्यहरू सञ्जय गौतम, उर्मिला थपलिया, प्रतिनिधिसभा सदस्य दीपक खड्का र सिता मिजारको सहभागिता रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ