Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट सुविधा


ग्लोबल पाना
सोमबार, असार १८ २०८०
  • 307
    SHARES

  • images
    सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट सुविधा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडल आफ्ना ग्राहकलाई आकर्षक सेवा-सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थासँग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ। सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकले ती संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने छन्।

    images
    images
    images

    बैंकका ग्राहकले बाराको निजगढस्थित निजगड बर्गर हाउस एन्ड क्रन्ची चिकेन, नेपाल फेन्सी स्टोर, फायरउड सेकुवा एन्ड तन्दुरी भान्सा घर र किड्स कलेक्सनमा १० प्रतिशत सम्मको विशेष छुट पाउनेछन्। बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।

    डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ। सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८५ वटा शाखा, १४१ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ९० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ