Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गोरखाका समाजसेवी ढकालको एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्षमा उम्मेदारी, जित सुनिश्चित


ग्लोबल पाना
मंगलबार, असार १९ २०८०
  • 1,075
    SHARES

  • images
    गोरखाका समाजसेवी ढकालको एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्षमा उम्मेदारी, जित सुनिश्चित

    क्यालफोनिया ।  कुल प्रसाद ढकाल को नेतृत्वमा गैर आवासिय नेपाली संघ कयालिफोर्निया च्यापटर गठन भएको छ । गैर आवासिय नेपाली संघ क्यालिफोर्निया च्याप्टरको लागि कुल प्रसाद ढकाल ( केपी ) ले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिनु भएको छ।

    images
    images
    images

    ढकालले नेतृत्व गर्नुभएको प्यानलबाट क्यालिफोर्निया मा विगत लामो समयदेखि समाजसेवा गर्दै आइरहनु भएका सर्वप्रिय व्यक्तित्वहरुले उमेरदारी दर्ता गराउनु भएको छ । उहाँको नेतृत्व प्यानलमा सहकार्य गर्दै उपादध्यक्षमा बाशु देव बुढा छेत्री , महिला उपाध्यक्ष मा गीता बजगाँई , सचिवमा कोपिला अधिकारी , महिला सचिवमा सुशिला खनाल , कोषाध्यक्ष तेजेन्द्र बराल र महिला संयोजकमा कोमल डोटेलले उम्मेदवारी दिनु भएको छ।

    त्यसै गरी युवा संयोजकमा प्रस्मिता शर्मा र सदस्यमा टेक खड्का, बिजय चौधरी, मनोज ठगुना, कैलाश केसी, केशर कुसारी, जनक राज ढुङ्गाना, रोशन थापाले उम्मेदवारी दिनुभएको छ भने महिला उपाध्यक्ष गीता बजगाँई, सचिव कोपिला अधिकारी, महिला सचिव सुशिला खनाल, महिला संयोजक कोमल डोटेल, युवा संयोजकमा प्रस्मिता शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।

    ढकाल नेतृत्व मा सहकार्य गर्नुहुने सम्पुर्ण उम्मेदवारहरुको लामो समयदेखिको समाजसेवाको अनुभव छ भने बिभिन्न संघ संस्थाको नेतृत्व कुसलतापुर्वक इमान्दारिताको साथ जिम्मेवारपुर्ण ढङ्गले निभाउनुभएको छ । यो ससक्त समूहलाई क्यालिफोर्नियामा निकै ठुलो समर्थन रहेको कुरा क्यालिफोर्निया निबासिहरु भनाई छ ।  ।

    अध्यक्षका उम्मेदवार ढकालले नेपाल मा रहँदा दीन दुखीहरु सेवा गर्ने गरेको थुप्रै उदाहरणहरु छन्  । उहाँ हाल अमेरिकामा रहदा पनि अमेरिकामा आएर दुख पाएका नेपाली नागरिकरुको लागि निकै सहयोग गर्दै आउनु भएको छ । ढकालले अमेरिका आएर बस्न नपाएकाहरुलाई बासको व्यवस्था, खाना नपाएकाहरुलाई खानाको व्यवस्था साथै रोजगारी नपाएका नेपालीहरुलाई रोजगारको समेत व्यवस्था गर्दै आउनु भएको छ । उहाँले अब संस्थनमा बसेर संस्थागत नेत्रित्व मार्फत नेपाली समाजलाई सबैले महसूस गर्न सक्ने सकारात्मक परिवर्तन ल्याउन उमेदवारी दिएको बताउनु भयो ।

    ढकाल एक निडर स्वाभिमानी समाजसेवी व्यक्तित्व जसका कारण विगतमा आफुले गरेका सामाजिक कार्यहरुको आधारमा क्यालिफोर्निया बासिको सहानुभूति सदभाव र प्रेम आफुसङ्ग रहेकोले आफ्नो जित सुनिश्चित रहेको उहाँले ग्लोबल पाना सँग बताउनु भयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ