Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

यातायात ब्यवस्था कार्यालय बाहिरको भीड र बिचौलिया प्रबृत्ति अन्त्य गरेरै छाड्छौ : मन्त्री ज्वाला


ग्लोबल पाना
बुधबार, असार २० २०८०
  • 300
    SHARES

  • images
    यातायात ब्यवस्था कार्यालय बाहिरको भीड र बिचौलिया प्रबृत्ति अन्त्य गरेरै छाड्छौ : मन्त्री ज्वाला

    काठमाडौं । यातायात ब्यवस्था कार्यालयहरु लाग्ने गरेको भीड र बिचौलिया प्रबृति अब अन्त्य हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नविकरण, बर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन बिद्युतिय माध्यमबाट गर्ने भएको छ । ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगतै यातायात ब्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलियातन्त्रको अन्त्य गर्ने अठोट गरेको थिए, लाइसेन्सका लागि नयाँ आवेदन, नविकरण, सवारी बर्ग थप र राजश्व आजदेखि अनलाइनबाटै बुझाउने ब्यवस्था गरेका छौ’ अनलाइन सेवा सुरु गर्दै मन्त्री प्रकाश ज्वालाले भन्नुभयो ‘आजदेखि गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु गरेका छौ, एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्छाै ।’

    images
    images
    images

    बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले अनलाइन सेवाको सुभारम्भ गर्नुएको छ । अनलाइन सेवा सुचारु गर्दा राज्यमन्त्री नन्दा चपाई, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्लाली डिजिटल माध्यमबाट जोडिनुभएको थियो । अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिन मात्र जानुपर्नेछ । ‘स्वास्थ्य परीक्षणपनि यातायात ब्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने ब्यवस्था गर्न लागेका छौ’ यातायात ब्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भन्नुभयो ।

    नेपालमा झण्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र दिएका छन् । उनीहरु ऋब नविकरण र बर्ग थपका लागि यातायात ब्यवस्था कार्यालय बाहिर लाइन बस्न नपर्ने भएको छ । लाइसेन्स नविकरण पनि पाँच÷पाँच बर्षमा नभई १० बर्ष गर्ने ब्यवस्था हुँदैछ । नयाँ आवेदन स्वीकृत भएको, लिखित परीक्षा प्रयोगात्मक परीक्षाको नतिजा हेर्न पनि अब यातायात कार्यालय जानुपर्दैन । ‘त्यसका लागि मोवाइल नम्वरमा एसएमएस आउने ब्यवस्था गर्दैछौ’ महानिर्देशक भन्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ