Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्वास्थ्य मन्त्री बस्नेतद्वारा भोटेकोशी गाउँपालिकाको प्रशासकिय भवन उदघाटन


ग्लोबल पाना
शुक्रबार, असार २२ २०८०
  • 271
    SHARES

  • images
    स्वास्थ्य मन्त्री बस्नेतद्वारा भोटेकोशी गाउँपालिकाको प्रशासकिय भवन उदघाटन

    सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको प्रशासकिय भवनको एक सहमारोबिच बिहीबार उदघाटन गरेका छन् ।

    images
    images
    images

    प्रशासकिय भवन उदघाटनका लागि मन्त्री बस्नेत बिहीबार गृह जिल्ला सिन्धुपाल्चोक पुगेका हुन । गाउँपालिका भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले चिनसँग नाका जोडिएको गाउँपालिका भएकाले यसको ठूलो व्यवारिक महत्व भए पनि भूकम्पपछि तातोपानी नाका सञ्चालन हुन नसक्दा भोटेकोशी गाउँपालिकाका अधिकांश बासिन्दा समस्यामा परेको बताउदै सरकारले कुटनितिक पहल गरेर तातोपानी नाका खुलाउने प्रयास गरिरहेको जानकारी दिए ।

    भोटेकोशीबासीको सुख दुखमा आफू सधै साथ रहेको मन्त्री बस्नेतले बताए । उनले भने, ‘म सुरु देखि नै यहाँको विकासका लागि लागेको हूँ । अहिले पनि यहाँँको शिक्षा, स्वास्थ्य र अन्य विकास निर्माणका लागि उत्तिकै लागेको छु ।’

    भोेटेकोशी गाउँपालिकाले आफ्ना बालबालिकालाई कक्षा १२ सम्म निशुल्क पढाउने निर्णय गरेर कार्यन्वयन गरेकोमा गाउँपालिकाका पदाधिकारीलाई धन्यवाद दिदै स्वास्थ्य मन्त्री बस्नेतले भोटेकोशीमा स्नातक र स्तकोत्तर तहको पढाई हुने कलेज अहिलेसम्म खुल्न नसकेकोले निकट भविश्यकै कलेज खुल्ने आशा व्यक्त गरे ।

    कलेज स्थापनाका लागि सरकार र व्यक्तिगत रुपमा आफूले सक्दो पलह गर्ने पनि मन्त्री बस्नेतले बताए । आफू स्वास्थ्य मन्त्री भए पछि विपन्नको निशुल्क उपचार गर्ने अभियानमा लागेको बताउदै ३ महिना भित्र नेपालको स्वास्थ्य क्षेत्रमा देखिने गरि काम गर्ने दावी बस्नेतले गरे ।

    कार्यक्रममा भोटकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले प्रशासकिय भवन सञ्चालनमा आए पछि जनतालाई छरितो र सहज सेवा दिन सहज हुने बताए ।

    कार्यक्रममा गाउँपालिकाकाकी उपाध्यक्ष दिक्षिन शेर्पा, जिल्ला समुन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने लागयत जनप्रतिनिधि, नागरिक समाजका अगुवा, कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणको उपस्थिति थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ