Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

डिसहोम टिभी अब सिधै मोबाइलमा हेर्न मिल्ने


ग्लोबल पाना
शुक्रबार, असार २२ २०८०
  • 236
    SHARES

  • images
    डिसहोम टिभी अब सिधै मोबाइलमा हेर्न मिल्ने

    काठमाडौं । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो’ सञ्चालन गरिरहेको छ। हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो । १५० भन्दा वढि लाईभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिन्छ ।

    images
    images
    images

    सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्नसकिन्छ। डिशहोमले आफ्ना ग्राहकहरुलाईमात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो’ मोबाइल एप हाल सम्पुणर् प्रयोगकर्ता लाई निःशुल्क उपलब्ध गराएको छ।

    ‘डिशहोम गो’ एपमा लाइभ टिभि संगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ।

    ग्राहकहरु लाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ