Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौं : प्रधानमन्त्री प्रचण्ड


ग्लोबल पाना
शुक्रबार, असार २२ २०८०
  • 248
    SHARES

  • images
    स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौं : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

    images
    images
    images

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र बितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने बताएका हुन्।

    सो अवसरमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले प्रतिष्ठानको रणनीतिक विकास र समावादोन्मुख स्वास्थ्यको लक्ष्य प्राप्तिका निम्ति यस सभाले महत्वपूणर् योगदान गर्ने विश्वास लिँदै सोही बमोजिम नीति, योजना, कार्यक्रम र कार्यान्वयनको प्रक्रियामा लाग्न अपीलसमेत गरे।

    ‘२०१३ सालमा सोल्जर बोर्ड अस्पतालको रुपमा स्थापना भएको यस अस्पताल निरन्तर क्षमता वृद्धि हुँदै ५०० श्ययाको अस्पतालका साथसाथै चिकित्शाशास्त्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानका रुपमा विकसित भएको छ। प्रतिष्ठानबाट गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध हुनुका साथै सहज र सुलभ रूपमा चिकित्सा शिक्षासमेतको अध्यापन हुनु आफैमा गौरवको विषय हो। अध्ययन, अनुसन्धान र गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा यस प्रतिष्ठानबाट थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छु’ उनले भने, ‘स्थापनाको छोटो अवधिमा प्रतिष्ठानले हासिल गरेको भौतिक एवं शैक्षिक उपलब्धिको जगमा टेकेर संस्थाको बृहत् हितका पक्षमा नेपालको संविधान, प्रचलित कानुन र प्रतिष्ठानका आफ्नै विधिविधानअनुरूप अगाडि बढ्दै देशकै अग्रणी स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास एवं बिस्तार गर्न यहाँहरू सबैले गम्भीर मेहेनत र पहलकदमी लिनुहुनेछ। स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र बितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनेछ भन्ने पनि विश्वास लिएको छु।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ