Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

NRNA अमेरिकाको पश्चिम क्षेत्रीय अध्यक्षमा समाजसेवी केसीको उम्मेदवारी दर्ता, जित सुनिश्चित


ग्लोबल पाना
शनिबार, असार २३ २०८०
  • 371
    SHARES

  • images
    NRNA अमेरिकाको पश्चिम क्षेत्रीय अध्यक्षमा समाजसेवी केसीको उम्मेदवारी दर्ता, जित सुनिश्चित

    काठमाडौं । गैर आवासीय नेपाली संघ अमेरिकाको पश्चिम क्षेत्रीय अध्यक्षमा समाजसेवी विष्णु केसी खत्रीले आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ । एनआरएनए अभियानलाई नयाँ उचाईमा लैजानका लागी अहोरात्र खट्नु भएका केसी खत्रीले पश्चिम क्षेत्रीय अध्यक्षमा उमेदवारी दर्ता गराउनु भएको हो ।

    images
    images
    images

    खत्रीले NRNA NCC USA CA Chapter देखि केन्द्रिय सम्म बिभिन्न पदमा काम गर्दै आउनु भए छ । संस्था र समाज प्रति उत्तरदायी भुमिका निभाउदै आउनु भएको उहाँले आजको दिनमापनि सहमती सहकार्य र एकता गर्दै सवल नेतृत्व बनाएर लैजान आफू सधै प्रतिबद्ध भएको बताउनु भयो ।

    उहाँले अमेरिकाको NRNA  को आपसी एकता र सद्भावलाई बचाई राख्न समर्पित भएको र भइराख्ने समेत बताउनु भएको छ । निडर क्षमतावान र स्वाभिमानि व्यक्तिको परिचय बनाउनु भएका सामाजसेवी केसीको जन्म ओखलढुंगाको क्यानम गाउँपालिकामा भएको हो । दिलो ज्यानले खट्ने प्रतिवद्वता जनाउदै उम्मदेबारी दर्ता गराउनु भएका केसीले अमेरिकामा रहनु भएका सम्पूर्ण नेपाली भाषीहरुको हकहितमा काम गर्ने तिव्र ईच्छा र आकांक्षा व्यक्त समेत गर्नु भएको छ ।

    गैर आवासिय नेपाली संघ अमेरीकाको पश्चिम क्षेत्र जस अन्तर्गत अमेरीकाको पश्चिम क्षेत्रका १३ वटा राज्यहरु पर्दछन्, यसै West Coast Region को Regional Committee Chair (RCC)  को अध्यक्ष पदको उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दिएको  बताउनु भएको छ । उहाँले यही जुलाई २२ र २३ मा हुने मतदानमा अमेरिकाको पश्चिम क्षेत्रमा बसोवास गर्नुहुने गैर आवासिय नेपाली संघ अमेरीकाका सम्पूर्ण पन्जिकृत सदस्यहरुले मलाई अत्यधिक मतदान गरी निर्वाचित गराउनुहुन हार्दिक अपिल समेत गर्नु भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ