Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंका मेयरलाई धरानका मेयरको ढाडस, साम्पाहाङ भन्छन्-नडराउनुहोस्


ग्लोबल पाना
सोमबार, असार २५ २०८०
  • 203
    SHARES

  • images
    काठमाडौंका मेयरलाई धरानका मेयरको ढाडस, साम्पाहाङ भन्छन्-नडराउनुहोस्

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन्। आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन्।

    images
    images
    images

    अदालतले आफूलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतवार साँझ ट्विट गरे पछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन्। काठमाडौंका मेयर शाहले आइतबार अदालतको तारिख पर्चा साँझ लेखेका थिए- ‘आज एउटा विशेस दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै , प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।

    म आज बाट अपराधी।’ त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले ट्विटरमा जवाफ दिँदै लेखे- ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ