Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

NRNA क्यालिफोर्निया च्याप्टरका अध्यक्ष ढकालका प्रारम्भिक प्रतिवद्दताहरु सार्वजनिक


ग्लोबल पाना
सोमबार, असार २५ २०८०
  • 1,401
    SHARES

  • images
    NRNA क्यालिफोर्निया च्याप्टरका अध्यक्ष ढकालका प्रारम्भिक प्रतिवद्दताहरु सार्वजनिक

    काठमाडौं । गैर आवासिय नेपाली संघ राष्ट्रिय सवन्वय परिषद USA क्यालिफोर्निया च्याप्टरका अध्यक्षका उम्मेदवार कुल प्रसाद ढकाल र उहाँलाई समर्थन गर्ने उम्मेदवारहरुकाे हिजो शुभकामना तथा भेट्घाट कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा उम्मेदवारहरुले आ आफ्ना प्रारम्भिक प्रतिवद्दताहरु सार्वजनिक गर्नु भएको छ । 

    images
    images
    images

    उहाँहरुले संघको विधान र मर्म अनुरुप थालनी गरेका रचनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिने, राष्ट्रिय सवन्वय परिषदको निर्देशन र सहकार्यलाई उच्च प्राथमिकता दिने लगायत केही सर्वथा नयाँ कार्यक्रमहरु लिएर चुनावी मैदानमा उत्रेको घोषणा गर्नु भएको छ । प्राविधिक सहयोगमा मोहन कार्की र संयोजकमा विनोद पुन मगर रहनु भएको थियो । शुभकामना आदानप्रदान र भेटघाट कार्यक्रम निकै भव्य, सभ्य र सालिन भएको परिवेक्षकहरुले बताउनु भयो । 

    कार्यक्रमको सभापतित्व वरिष्ठ समासेवी तथा NANC का पूर्व अध्यक्ष डिकेन्द्र मास्केले गर्नु भएको बृहत समारोह हल शुभकामना दिन आएका समर्थकहरुले खचाखच भरिएको थियो। सो समारोहको प्रमुख अतिथि नेपाली जनसंपर्क समितीका केन्द्रिय वरिष्ठ उपाध्क्ष धनन्जय नरसिंह केसी हुनुहुन्थ्यो भने कार्यक्रमको सन्चालन नेपाली जनसंपर्क समितीका केन्द्रिय सदस्य तथा समाजसेवी चन्द्र धितालले निकै प्रभावकारी ढङ्गले गर्नु भएको थियो।

    अध्यक्षका प्रत्यासी समाजसेवी कुल प्रसाद (केपी) ढकाल, उपाध्क्षमा उम्मेदवार वाशुदेव बुढा, महिला उपाधक्ष गीता बजगाँई, महिला सचिव सुशिला खनाल, महिला संयोजक कोमल डोटेल, बोर्ड अफ डाइरेक्टरका प्रत्यासिहरु टेक खड्का, मनोज ठगुना, कैलाश केसी केशर कुसारी, तथा जनकराज ढुङ्गानाले आफ्ना प्रतिवद्दता समेत राख्नु भएको थियो ।

    कार्यक्रममा एनआरएन एनसिसि युएस्ए कि महिला उपाध्क्ष दिक्षा बस्नेत, नेपाल विश्व सहयोग संघका अध्यक्ष मणी नेपाली पनेरु, एन आर एन सिस आइ यु एस् ए कि सचिव सुनिता कंडेल, आर सि सि श्रीराम थापा, पर्यटन दूत बिजय चौधरिले विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो । उहाँहरुले सो कार्यक्रममा आ आफ्नो मन्तव्य राख्दै उम्मेदवारहरुलाई सुभकामना समेत दिनु भएको थियो । 

    त्यसै गरी अतिथिको आसनबाट पूर्ण बानिया, मदन पाण्डे, एनएएनसि कि वरिष्ठ उपाधक्ष कल्पना लामा , समाजसेवी सुरेश हमाल गोबिन्द चलाऊने, हेमा पनेरु तथा देव ओलीले मुक्त कण्ठले उम्मेदवारहरुको प्रसंसा गर्दै शुभकामना दिनु भएको थियो। कार्यक्रम अति नै प्रभावशाली रहनुका साथै पुरा बातावरण नै रोमान्चक बनेको थियो । कार्यक्रममा सहभागिहरुलाई थप मनोरन्जन दिनका लागि अश्मिता पोखरेल तथा सफलता दुलाल ले सुन्दर नृत्य समेत प्रस्तूत गर्नु भएको थियो ।  

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ