Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन


ग्लोबल पाना
बुधबार, असार २७ २०८०
  • 219
    SHARES

  • images
    प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। बुधबार बिहान उपचारको क्रममा उनको नर्भिक अस्पतालमा निधन भएको हो।

    images
    images
    images

    आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिएका छन्।

    उनका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि सीता दाहाललाई विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन पुगेको हो। अस्पतालले उनको निधन कार्डियक अरेष्टका कारण भएको बताएको छ।

    उनी लामो समयदेखि अस्वस्थ थिइन्। उनलाई पीसीपी रोग थियो। यो रोगलाई दुर्लभ मानिन्छ। रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ