काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ ।
नेतन्याहुको कार्यालयले प्रारम्भिक अनुसन्धानपछि उनको शरीरमा पानीको कमी भएको पत्ता लागेको बताएको छ ।
गत अक्टोबरमा ७३ वर्षीय नेतान्याहुलाई सभाघरमा प्रार्थना गर्दा अस्वस्थ महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो।
प्रधानमन्त्रीको रूपमा आफ्नो पाँचौं कार्यकालमा नेतन्याहुले प्यालेस्टाइनसँग बढ्दो द्वन्द्व सहित अन्य धेरै चुनौतीहरूको सामना गरिरहेका छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


