Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सरकारी निकायहरू पारदर्शी र जबाफदेहि हुन आबश्यक : जिसस कास्की प्रमुख पौडेल


ग्लोबल पाना
सोमबार, साउन १ २०८०
  • 302
    SHARES

  • images
    सरकारी निकायहरू पारदर्शी र जबाफदेहि   हुन आबश्यक : जिसस कास्की प्रमुख पौडेल

    पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सरकारी निकायहरू पारदर्शी र जबाफदेहि हुन आबश्यक रहेको बताउनु भएको छ। पौडेलले बिकासमा हुने हरेक क्रियाकलाप जनउत्तरदायी र पारदर्शी हुनुपर्ने र सो को लागि सरकारी निकायहरू बिशेश सजगताका साथ लाग्नु पर्ने उल्लेख गर्नुभयो ।

    images
    images
    images

    आर्थिक बर्ष २०७९/८० मा कृषी ज्ञान केन्द्र कास्कीले संचालन गरेका कार्यक्रमहरू सम्बन्धी सार्बजनिक सुनुवाइ कार्यक्रमको उद्घाटन गर्दै पौडेलले कास्कीका रैथाने बालिको संरक्षणमा ज्ञान केन्द्र कास्कीले सर्हानिय काम गरेको भन्दै सोको लागि आम कृषकहरूलाइ सचेतना जगाउने कार्यक्रम निर्माण गर्न आग्रह गर्नु भयो।

    कार्यक्रममा गण्डकी प्रदेश सरकार कृषि मन्त्रालयका सचिब सहदेब प्रसाद हुमागाइ , सोही मन्त्रालयका कृषि बिकास निर्देशनालयका महानिर्देशक बासुदेब रेग्मी , कृषि लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    सो अबशरमा कृषि ज्ञान केन्द्र कास्कीका कार्यालय प्रमुख शालिकराम अधिकारीले आर्थिक बर्ष २०७९/८० मा कृषी ज्ञान केन्द्र कास्कीले संचालन गरेका कार्यक्रमहरू सम्बन्धी जानकारी दिदै रैथाने बाली संरक्षणमा प्रदशनी कक्ष स्थापना गरिएको जानकारी दिनुभयो।

    अधिकारीले क्यु आर कोडको स्क्यान गरि सम्पूर्ण रैथाने बालीहरूको जानकारी लिन सकिने प्रबिधी बिकास गरिएको जानकारी दिनुभयो।

    उक्त कार्यक्रममा पोख्रेली जेठी बूढो धानको संरक्षण र उत्पादनमा पूर्याउनु भएको योगदानको कदर स्वरूप पोखरा २३ ठुला खेत निवासी कृषक कलाधर भण्डारीलाइ सम्मान गरिएको सो कार्यालयका कृषि अर्थ बिज्ञ संजय ढकालले बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ