Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्तालाई ७.५ % व्याज


ग्लोबल पाना
सोमबार, साउन १ २०८०
  • 225
    SHARES

  • images
    वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्तालाई ७.५ % व्याज

    काठमाडौं । सामाजिक सुरक्षा कोषले चालु आव २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक ७.५ प्रतिशत व्याज प्रदान गर्ने भएको छ। कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजनामा रू २३ अर्ब ७४ करोड ३७ लाख ७७ हजार योगदान रकम संकलन भएको छ। कोष सञ्चालक समितिको बैठकले आवकाश कोषबाट योगदानकर्ताले लिएको विशेष सापटीमा वार्षिक ८.६० प्रतिशत व्याज लाग्ने निणर्य गरेको हो।

    images
    images
    images

    धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक ९.२५ र धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेकामा १ प्रतिशत हर्जना व्याज लिने निणर्य गरेको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। उनका अनुसार कोषमा हालसम्म रू ३६ अर्ब ४४ करोड योगदान रकम संकलन भइसकेको छ।

    औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनामा रू एक अर्ब १० करोड ४८ लाख ६५ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनामा रू एक अर्ब ९८ करोड ४० लाख ५६ हजार र अतिरिक्त योगदान शीर्षकमा रू नौ अर्ब ६१ करोड १५ लाख २८ हजार संकलन भएको कोषले जनाएको छ।

    कोषमा गत असार मसान्तसम्म औपचारिक क्षेत्रका चार लाख २३ हजार ९ सय २९ र वैदेशिक क्षेत्रका दुई लाख २३ हजार पाँच सय ३५ गरी कूल ६ लाख ४७ हजार चार सय ६४ श्रमिक आबद्ध भएका छन्। कोषले ८९ हजार दुई सय ४६ योगदानकर्तालाई विभिन्न सुविधा योजनाअन्तर्गत रू पाँच अर्ब सात करोड दाबी भुक्तानी गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ