Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

झापा र दाङबाट बलात्कार आरोपमा २ जना पक्राउ


ग्लोबल पाना
सोमबार, साउन १ २०८०
  • 264
    SHARES

  • images
    झापा र दाङबाट बलात्कार आरोपमा २ जना पक्राउ

    काठमाडौं । झापा र दाङबाट बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन्। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-१ बस्ने ५९ वर्षीय नरेश रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ।

    images
    images
    images

    रसाईलीले ती बालिकालाई बुवाआमा धान रोप्न खेतमा गएको अवस्थामा फकाई आफ्नै घरको कोठाभित्र लगि ललाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका-८ सौडी बस्ने २६ वर्षीय अनिल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

    नेपालीले ती बालिकालाई गत बिहीबार राति रोल्पाबाट ललाई फकाई ल्याई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ