✍️ असिम सापकोटा
हाम्रा कैयन सामाजिक, धार्मिक तथा साँस्कृतिक परम्परा एवं अवसरहरुमा पस्किने पन्च गुणीय तत्वले भरिपूर्ण मौलिक खाना तथा विविध परिकारहरु क्रमिक रुपमा हराउँदै गैरहेको यहि समयमा काठमाडौँको दरबारमार्गमा रैथाने कृषि हाटबजार संचालनमा आएको छ ।
मौलिक खाद्यान्न, जडीबुटी र हस्तकलाका सामग्री लगायतको प्रवर्द्धनका लागि काठमाडौंमा रैथाने कृषि हाट बजार सञ्चालनमा आएको छ । एक औपचारीक कार्यक्रम बिच यस हाटबजारको उदघाटन गरीएको थियो । दरबारमार्गस्थित ओरियन्ट क्याफेमा हरेक शनिबार बिहान ६ देखि मध्याहृन १२ बजेसम्म रैथाने कृषि हाट बजार सञ्चालन हुनेछ ।
हाट बजारका लागि रैथाने एग्री प्रडक्टस् नेपाल र ओरियन्ट क्याफेले ४० वटा स्टल निःशुल्क उपलब्ध गराएका हुन् ।
हाट बजारमा स्वरोजगार, उद्यमी एकल महिला र युवालाई विशेष प्रथामिकता दिइने एग्री प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालले बताए, साथै ढकालले उत्पादक र उपभोक्ताबीच सिधै खरिद बिक्रीको अवसर सृजना गर्ने, कृषि जैविक विविधता र मौलिक नेपाली खानाको प्रचार गर्ने, मौलिक सांस्कृतिक सम्पदा, कला सीपलाई युवामा जानकारी गराउने उद्देश्यले हाट बजार सञ्चालनमा ल्याइएको हो ।
बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले यस्ता रैथाने बालीहरुलाई हामी सबैले प्रसार गर्नुपर्ने र हाम्रा यस्ता वस्तुहरुलाई जोगाँउनु हामी सबैको दायित्व भएको बताए, साथै उनले आफ्नो पालिकाको कार्यालय परिसरमा समेत यो खालको रैथाने हाटबजार संचालन गर्नको लागि पालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मुलुकका करीब ३० हजार प्रजातिका रैथाने बाली मध्ये ५० प्रतिशत लोभ भइसकेको भन्दै बाँकी रहेका बालीको संरक्षणमा यस किसिमका बजारले टेवा पु¥याउने राष्ट्रिय कृषि आनुवंशिक स्रोत (जीन बैंक) का प्रमुख डा. बालकृष्ण जोशीले बताए ।
प्रत्येक शनिबार कृषि जन्य सामग्रीको स्टल राखिने गरि सोमबारदेखि रैथाने कृषि हाट बजार सुरु भएको छ । बिहान ६ बजेदेखि १२ बजेसम्म ग्राहकले अवलोकन गर्न पाउँछन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


