Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी कालिमाटीका शाखा प्रमुख पाठक स्किम बिजेता हुन सफल


ग्लोबल पाना
मंगलबार, साउन २ २०८०
  • 626
    SHARES

  • images
    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी कालिमाटीका शाखा प्रमुख  पाठक स्किम बिजेता हुन सफल

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका कालिमाटी शाखा प्रमुख राजेन्द्र प्रसाद पाठक १०० प्रतिशत भन्दा बढी टार्गेट पुरा गरि स्किम बिजेता हुन सफल हुनु भएको छ । उहाँले प्रत्येक बैशाख महिना देखि अहिले सम्म १०० प्रतिशत भन्दा बढि टार्गेट पुरा गरि स्किम विजेता हुनु भएको छ ।   

    images
    images
    images

    प्रत्येक आर्थिक वर्षको उत्तरार्ध तिर बित्तिय क्षेत्रमा बार्षिक लक्ष्य पूरा गर्ने तथा अरु भन्दा आफ्नो सँस्थालाई माथी देखाउने कसरत हुने गर्छ । यसमा महत्पूर्ण जिम्मेवारी शाखा प्रमुखको काधमा आउने गर्दछ । यो समयमा शाखा प्रमुखहरुका लागि अति नै तनावपूर्ण रहने गर्छ । कम्पनीले लक्ष्य तोक्ने बेलामा नै असारका लागि अन्य महिनाको तुलनामा अलि धेरै नै तोक्ने गरेको हुन्छ । नेपालमा हाल आर्थिक मन्दी देखिएको समयमा त झन लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण नै रहन्छ ।

    यसै क्रममा २०७९ चैत्रमा मर्ज भई बनेको जीवन बीमा कम्पनी सानिमा रिलायन्स लाईफ इन्स्योरेन् कम्पनीका कालिमाटी शाखा प्रमुख श्री राजेन्द्र पाठकले मर्जर पछी प्रत्येक महिनामा आफ्नो शाखाको लक्ष्य पूरा गरी उत्कृष्ट ब्यावसाय गर्न सफल भएका छन । उनको नेतृत्वमा रहेको कालिमाटी शाखाले आफ्नो रिजन अन्तर्गतका १६ वटा शाखाहरु मध्ये मर्जर पश्चातको सबै महिनामा कम्पनीले दिएको ब्यवसायिक लक्ष्य पूरा गर्ने एक मात्र शाखाको उपाधी समेत जितेको छ ।

    विगत ७ वर्ष देखि बीमा क्षेत्रमा कार्यरत पाठक सँग ३ वर्षको निर्जिवन लघुबीमाको अनुभव छ भने बाँकी ४ वर्ष जीवन बीमाको क्षेत्रमा कार्य गर्दै आउनुभएको छ । बीमितहरुलाई उत्कृष्ट सेवा दिनुका साथै सहि जानकारी र बीमालेख दिन सके बीमाक्षेत्रमा राम्रो भविश्य रहेको बताउने पाठकले सबै बर्षहरुमा उत्कृष्ट कार्यसम्पादन गर्दै सम्मान पाउदै आउनु भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ