Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा क्षेत्रको ऐन कानूनलाई समायानुकुल बनाइन्छ : मन्त्री राई


ग्लोबल पाना
बुधबार, साउन ३ २०८०
  • 237
    SHARES

  • images
    शिक्षा क्षेत्रको ऐन कानूनलाई समायानुकुल बनाइन्छ : मन्त्री राई

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रको ऐन कानूनलाई समायानुकुल बनाउन आफु प्रतिवद्ध रहेको बताएका छन्।

    images
    images
    images

    सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले कानूनको रिक्तता रहनु आपत्तीजनक हुने भएकाले शिक्षा क्षेत्रको ऐन कानूनलाई समायानुकुल बनाउन आफु प्रतिवद्ध रहेको बताएका हुन् ।

    उनले बिधयेकको परामर्श र प्रक्रियमा हुने ढिलाईलाई अन्त्य गर्न मन्त्रिपरिषद्मा समेत छलफल भएको जानकारी दिए। संघीय शिक्षा ऐन अव छिटै अघि बढ्ने जानकारी दिदै मन्त्री राईले ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको बताए।

    उनले शिक्षकको दरवन्दी सिर्जना गरेर पूर्ति नगरेसम्म गुणस्तर शिक्षाको कुरा गर्नु सान्दर्भिक नहुने धारणा राखे। शिक्षा क्षेत्रमा बजेट पर्याप्त विनियोजन हुन नसक्दा आवश्यकता अनुसारको कार्यक्रम तर्जुमा गर्न कठिन भइरहेको उनको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ