Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीका योजनाको अनुगमन


ग्लोबल पाना
बुधबार, साउन ३ २०८०
  • 867
    SHARES

  • images
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीका  योजनाको अनुगमन

    पोखरा । पोखरा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,,परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा तरकारी / अलैंची बालीको आर्थिक बर्ष २०७९-८० मा नबप्रबर्तित प्रबिधि प्रयोग भएका कार्यक्रम र योजनाहरूको अनुगमन सम्पन्न भएको छ ।

    images
    images
    images

    परियोजना मार्फत आर्थिक अनुदानमा निर्माण सम्पन्न पोखरा महानगरपालिका अन्तर्गत शान्ति बन बाटिकास्थित कृषि बजारमा कृषि उपजको बजारिकरण सहयोग कार्यक्रम , बुढीबजारमा रहेको सर्बगुण फूड्स एन्ड किचेन प्रा लि मा निर्माण सम्पन्न कोल्ड रूम , पोखरा १६ को माथिल्लो दिपमा रहेको हरिलो एग्रो इन्डष्ट्री प्रा.लि. को प्याकेजिङ ,लेबलिङ तथा पोस्ट हार्भेष्ट क्षती न्यूनीकरण कार्यक्रम अन्तर्गत सोलार ड्रायर निर्माणको अनुगमन गरिएको थियो ।

    त्यसैगरी पोखरा २५ हेम्जास्थित बेलचौतारा कृषक समुहको सौर्य उर्जामा आधारित सिचाइ प्रणाली जडान ,माछापुच्छ्रे गाउपालिकाको भेडाबारी स्थित मर्दी एग्रो फर्म एण्ड रिसर्च सेन्टरको प्रसोधन केन्द्र र बराह मा.बि. ब्यबसायिक उत्पादन कार्यक्रम तथा सोही गाउँपालिकाको माछापुच्छ्रे एग्रो सेन्टर प्रा. लि. को सुधारिएको अलैंची भट्टी निर्माण परियोजनाकि अनुगमन गरिएको थियो।

    अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ बिकास र समृद्धिका दृष्टिकोणबाट अब्बल बनाउदै उत्कृष्ट सुसासन युक्त जिल्लाको रूपमा स्थापित गर्न सबै लागि पर्नूपर्ने बताउनु भयो ।

    सो अबसरमा प्रमुख पौडेलले सेवाग्राही र उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्नुको बिकल्प नभएको भन्दै गुनासा नआउने कामको योजना बनाउनेतर्फ लाग्ने सरकारी निकायहरूलाई आग्रह गर्नुभयो।

    अनुगमनमा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे ,जिल्ला समन्वय अधिकारी नवराज बराल , घरेलु तथा पर्यटन उद्द्योग कार्यालयकास्कीका कार्यालय प्रमुख शेषकान्त पौडेल, पोखरा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीका कार्यालय प्रमुख रोशन अधिकारी स्थानि,पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरिया लगाएतका स्थानीय उपभोक्ता र संचारकर्मीहरु सहभागी हुनुहुन्थ्यो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ