Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अमेरिकी सैनिक उत्तर कोरियामा कसरी प्रवेश गरे ?


ग्लोबल पाना
बिहीबार , साउन ४ २०८०
  • 225
    SHARES

  • images
    अमेरिकी सैनिक उत्तर कोरियामा कसरी प्रवेश गरे ?

    काठमाडौं । एक अमेरिकी सैनिक बिना अनुमति उत्तर कोरियाको सीमामा प्रवेश गरे, जहाँ उनलाई हिरासतमा लिइएको छ। संयुक्त राष्ट्रसंघका लागि काम गर्ने यी अमेरिकी सैनिकलाई दक्षिण कोरियामा दुई महिनाको जेल सजाय भई देश निकाला गरिएको थियो ।

    images
    images
    images

    प्राइभेट सेकेन्ड क्लास ट्राभिस किङ नाम गरेका यी सैनिकलाई दक्षिण कोरियाको राजधानी सियोलको एयरपोर्टबाट अमेरिका पठाइएको थियो । यी सिपाहीले एयरपोर्टमा सेक्युरिटी क्लियरेन्स पनि गरेका थिए तर विमानमा चढ्नुको सट्टा त्यहाँबाट निस्केका थिए । पछि उनी उत्तर कोरिया प्रवेश गरेको थाहा भयो ।

    विमानस्थलबाट निस्किएपछि उनी दक्षिण कोरियासँगको सिमाना नजिकैको गाउँमा घुम्न गएका मानिसहरूको समूहमा सामेल भए र त्यसपछि सीमा पार गरे। यो सिपाही अमेरिका फर्किएमा अनुशासनात्मक कारबाही हुन सक्छ र उनलाई बर्खास्त पनि गर्न सकिन्छ।

    अमेरिकी सेनाका प्रवक्ता बाइस डाबीले भने कि यी सैनिक २०२१ मा भर्ती भएका थिए र कोरियामा फर्स्ट आर्मर्ड डिभिजनमा तैनाथ थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ