Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपालको प्रतिनिधित्व गर्दै सजिना पुगिन् श्रीलंका


ग्लोबल पाना
शुक्रबार, साउन ५ २०८०
  • 219
    SHARES

  • images
    नेपालको प्रतिनिधित्व गर्दै सजिना पुगिन् श्रीलंका

    काठमाडौँ । ‘मिस वर्ल्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलंकाको कोलम्बो लागेकी छिन्। कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वल्र्ड टुरिजम’ मा भाग लिन सर्लाहीकी २२ वर्षीया खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन्।

    images
    images
    images

    ३५ देशको सहभागिता रहने प्रतियोगितामा सजिना नेपालको एक्लो प्रतिनिधि हुन्। ‘नेपाललाई नै प्रतिनिधित्व गर्दा उत्साह र नर्भस दुवै छु। यद्यपि मोडलिङ यात्राको क्रममा सँगालेको सिकाईलाई त्यहाँ अवश्य प्रयोग गर्ने छु’, खनालले भनिन्,‘अन्तिम समयमा मोडलिङसँगै विभिन्न क्षेत्रका व्यक्तिले विदाई स्वरुप दिनुभएको शुभकामनाले हौसला बढेको छ।’

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधवार खनाललाई बधाई तथा सफलताको शुभकामना दिएका थिए। मन्त्री किरातीले मन्त्रालयमा भएको भेटका क्रममा क्त प्रतियोगितामा नेपालको पर्यटन प्रचार गर्न सुझाउदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए।

    त्यस्तै खनाललाई बुधबारनै खानेपानी मन्त्री महिन्द्र राय यादव भेट्दै शुभकमना दिएका थिए। मन्त्रालयमा भएको भेटमा सजिनालाई मन्त्री यादवले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सफलता मिलोस् भन्दै शुभकामना दिएका थिए। ‘नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय कार्यक्रममा जानु भनेको एउटा गौरवको विषय हो ।

    तपाईँ जुन उदेश्यले सहभागी हुन लाग्नु भएको छ । सफलता अवश्य मिल्नेछ’ मन्त्री यादवले भने । इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वल्र्ड टुरिजम नेपाल’ उपाधि सहित उनलाई उक्त प्रतियोगितामा पठाएको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ