Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गृहमन्त्री श्रेष्ठ पुगे त्रिभुवन विमानस्थल निरीक्षणमा


ग्लोबल पाना
शुक्रबार, साउन ५ २०८०
  • 235
    SHARES

  • images
    गृहमन्त्री श्रेष्ठ पुगे त्रिभुवन विमानस्थल निरीक्षणमा

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन विमानस्थलको निरीक्षणमा पुगेका छन् । बुधबार बेलुका क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौँ ल्याइएको एक क्वीन्टलभन्दा बढी सुन तस्करी गरिएको भएको पाइएपछि गृहमन्त्री श्रेष्ठ आज बिहान सुरक्षा निकायका उच्च अधिकारीहरुसहितको दलबल लिएर विमानस्थलको अवलोकनमा त्यहाँ पुगेका हुन् ।

    images
    images
    images

    गृहमन्त्री श्रेष्ठको साथमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवर, महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली लगायत रहेका छन् । श्रेष्ठसहितको टोलीले विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्रमासमेत पुगेर अनुगमन गरेको छ ।

    अर्थ र गृहमन्त्रालय मातहतको विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको विषयमा श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना भइरहेको छ । करिब सय केजी सुन राजश्व अनुसन्धान विभागले बरामद गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महत्त्वपूणर् कार्यालयका प्रमुखहरू भने बिदामा रहेको भेटिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ