Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

लमजुङमा गत वर्षमा १४ वटा जवरजस्ती करणीका घटना दर्ता


ग्लोबल पाना
शनिबार, साउन ६ २०८०
  • 380
    SHARES

  • images
    लमजुङमा गत वर्षमा १४ वटा जवरजस्ती करणीका घटना दर्ता

    लमजुङ। लमजुङमा गत आर्थिक वर्षमा मात्रै १४ वटा जवरजस्ती करणी सम्वन्धी घटना भएको प्रहरी तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता भएका जजक सम्वन्धी मुद्धाको तथ्यांकले सो देखाएको हो।

    images
    images
    images

    प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा जवरजस्ती करणी सम्वन्धी सातवटा र जवरजस्ती करणी सम्वन्धी अन्य सातवटा मुद्धा दर्ता भएका हुन्। सो बाहेक जिल्लामा चारवटा मुद्धा बाल यौन दुव्यर्रहार सम्वन्धी भएका छन्।

    जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्षमा जिल्लामा भएका जवरजस्ती करणीका घटनामा अधिकांश पिडितहरु २० वर्ष भन्दा कम उमेर समुहका बालिकाहरु रहेका छन्।

    बढ्दो वेराजगार, छाडा संस्कृति, मदिराजन्य वा उत्तेजक खानपिन, कुलत, यौन शिक्षाको कमि र नकारात्मक सोचको विकासले पनि बलात्कारको घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बलात्कारका घटना हुने गरेको प्रहरीले जनाएको छ।

    जिल्लामा आर्थिक वर्ष २०७८/७९ को एक वर्षे अवधीमा २० वटा जवरजस्ती करणी र तीनवटा जजक उद्योग सम्वन्धी घटना भएका थिए । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष अर्थात आव २०७७/७८ मा जजक सम्वन्धी १६ वटा र जजक उद्योग सम्वन्धी चारवटा मुद्दा परेको थियो।

    लमजुङ प्रहरीका अनुसार जिल्लामा आर्थिक वर्ष ०७६/७७ मा मात्रै १० वटा जवरजस्ती करणीका घटना दर्ता भएका थिए भने ९ वटा जवरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए।

    सो भन्दा अघिल्लो आर्थिक वर्ष ०७५/७६ को एकवर्षको अवधीमा जिल्लामा १६ वटा जवरजस्ती करणीका घटना भएको थियो।

    लमजुङ प्रहरीको तथ्यांक अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा जवरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँचवटा मुद्धा दर्ता भएका थिए । आर्थिक वर्ष २०७३/७४मा पनि जवरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँचवटा मुद्दा दर्ता भएको प्रहरी तथ्याँक छ।

    यस्तै आर्थिकवर्ष ०७२/७३ मा जवरजस्ती करणीमा सात र उद्योग अन्तर्गत चार मुद्दा दर्ता भएका छन् भने आर्थिक वर्ष ०७१/७२ मा जवरजस्ती करणीका पाँच र उद्योगमा चार घटना प्रहरीमा दर्ता भएका छन्।

    प्रहरीको तथ्यांक अनुसार पछिल्लो वर्षहरुमा जवरजस्ती करणीका घटना बढ्दो देखिए पनि गत आर्थिक वर्ष भने कम घटना भएको छ।

    जवरजस्ती करणी जघन्य अपराध हो। १६ वर्ष भन्दा कम उमेरका बालिकासँग सहमतिमै सबन्ध गरेको भएपनि जवरजस्ती अन्तर्गत पर्ने कानुनमा उल्लेख छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ