Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जलेश्वर भन्सारको राजस्व असुलीमा कमी


ग्लोबल पाना
शनिबार, साउन ६ २०८०
  • 228
    SHARES

  • images
    जलेश्वर भन्सारको राजस्व असुलीमा कमी

    जलेश्वर । महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको  राजस्व असुलीमा २२ प्रतिशतले कमी आएको छ । जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो ।

    images
    images
    images

    जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलका अनुसार भन्सार विभागले  आर्थिक वर्ष २०७९/८० मा रु तीन अर्ब ६३ करोड ९१ लाख राजस्व असुलीको लक्ष्य दिएकामा रु दुई अर्ब ८१ करोड ७३ लाख मात्रै असुल गरेको छ । आर्थिक वर्ष २०७८/७९ भन्दा २२ प्रतिशत अर्थात् रु ८२ करोड कम राजश्व असुल भएको छ ।

    प्रमुख पौडेलका अनुसार यस वर्ष उक्त नाकाबाट पेट्रोलियम पदार्थ ढुवानीमा कमी, आलु र प्याज ढुवानीमा कमीलगायत कारणले राजस्व कम असुल भएको हो । जिल्लाको छोटी भन्सार नाका मटिहानी, सम्सी, रघुनाथपुर र कट्टीकटैया सञ्चालनमा नआउँदा समेत राजस्व असुली प्रभावित बनेको उनको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ