Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो : अर्थमन्त्री डा. महत


ग्लोबल पाना
शनिबार, साउन ६ २०८०
  • 253
    SHARES

  • images
    बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो : अर्थमन्त्री डा. महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले बीपी कोइराला गतिशील व्यक्तित्व भएको बताउनुभयो । संगठनमा म मात्रै सर्वैसर्वा र अपरिहार्य व्यक्ति हुँ कहिले नभनेको स्मरण गर्दै बीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘संगठनमा कोही पनि अपरिहार्य हुँदैन ।

    images
    images
    images

    कसैले आफूलाई अपरिहार्य ठान्छ भने त्यो लोकतान्त्रिक प्रकृयाविरुद्ध हुन जान्छ ।’ त्यत्ति ठूलो व्यक्तित्व भएका बीपीबाट सिक्ने कुरा धेरै रहेको मन्त्री डा. महतको भनाइ थियो, बीपीले कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर, अरु नेता र मुलतः जनताको पनि कुरा सुन्नु हुने स्मरण गर्नुभयो । ‘बीपी कोइरालाको ४१ औं स्मृतिमा यही कुरा नै उहाँबाट प्रेरणा लिन, सिक्ने कुरा हो ।

    कांग्रेसले अध्ययन गर्ने बानी विकास गर्न जरुरी छ । बीपीका धेरै साहित्यिक कृति छन्, त्यसको कांग्रेसले पुनप्रकाशन गरेर गाउँगाउँमा पुर्याउन जरुरी रहेको डा. महतले बताउनुभयो ।’ ‘बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो । एउटा सन्दर्भमा बीपीले यसो भन्नु भएको थियो, पार्टीले किन यसो गरेको मान्छेहरु भन्छन् । बीपीको सिद्धान्त कांग्रेसले छोड्यो भन्छन् । तर होइन, हाम्रो लक्ष्य बीपीको विचारमा आधारित प्रजातान्त्रिक समाजवाद हो, लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा समतामूलक समाज निर्माण गर्ने र समृद्धिसहितको समानता हुनुपर्ने मन्त्री डा. महतको भनाइ थियो ।

    एक थोपा दुध होइन, एक–एक ग्लास दुध । भनेको अर्थ उत्पादन बढाउ भन्नुभएको हो । एक एक थोपाको कुनै अर्थ रहँदैन, यसले कसैलाई न्यूट्रेशन पुग्दैन, कम्तीमा एक–एक ग्लास दुध पुग्नुपर्छ । उत्पादन बढाइयो भने मात्र एक–एक ग्लास बाँड्न सकिने उदाहरण बीपीले दिनुभएको मन्त्री डा. महतले बताउनुभयो । ‘लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा समृद्धिसहितको समानता लक्ष्य हो । त्यहाँ पुग्ने बाटो समयसापेक्ष्य हुन्छ भन्ने कुरामा उहाँ विश्वास राख्नुहुन्थ्यो ।

    उहाँ नेपाल फर्किएपछि हामी दिनदिनजस्तो उहाँको कुरा सुन्ने अवसर पाउँथ्यौं । मलाई अहिले यस्तो लागेको छ, तिमीहरु के भन्छौं भन्न भनेर सोध्नुहुन्थ्यो । लक्ष्यमा सम्झौता हुँदैन, पुग्ने बाटो समयसापेक्ष्य हुनुपर्छ, मन्त्री डा. महतले भन्नुभयो, ‘एक हल गोरु, एउटा गाई होस् भन्नुहुन्थ्यो, अहिले त्यो सम्झदा के कुरा गरेका होला भन्ने लाग्छ । उहाँले त्यो बेलाको सन्दर्भमा भनेको हो । परिवार पाल्नका लागि कम्तीमा त्यतिबेला हुनुपर्छ भनिएको हो ।’ वनको उदाहरण दिँदै मन्त्री डा. महतले भन्नुभयो, ‘२०१५ सालमा नेपाली कांग्रेसको आर्थिक नीतिअन्तर्गत वन राष्ट्रियकरणको नीति थियो । बेच्नका लागि यो केही व्यक्तिको नियन्त्रणमा थियो । २०४८ सालमा हामीले सामुदायिक वनको अवधारणा ल्याइयो । २०१५ सालमै सामुदायिक वनमा लगिएको भए जनता तयार भइसकेका थिएनन् ।

    शक्तिशाली व्यक्ति जसको अधिनमा वन छ, जनता शिक्षित थिएनन, ल तिमीहरुको भयो भन्दा सम्हाल्न सक्ने अवस्था नहुन सक्थ्यो । त्यो शक्तिशाली व्यक्तिबाट खोस्न सक्ने भनेको राज्य मात्र थियो । त्यसकारण पहिला राज्यको अधिनमा आयो । २०४६ सम्म आइपुग्दा जनता धेरै शिक्षित भइसकेकाले गर्दा सामुदायिक वनको अवधारणा आयो ।

    किनभने सरकारले नियन्त्रणमा राख्यो भने त्यसको रेखदेख राम्रो हुँदैन । समुदायलाई नै फाइदा र संरक्षणमा सहभागी गराइयो भने उपयुक्त हुन्छ । बीपीले ०१५ सालमा लिएको नीति पनि ठीक थियो, ०४८ मा कांग्रेसले लिएको नीति पनि ठीक थियो ।’ ‘सत्यको मुख बन्द भयो भने झुटोको थुतुनो चल्छ’ बीपीको यो भनाइबाट सम्बोधन सुरु गर्नुभएका मन्त्री डा. महतले भन्नुभयो, ‘नयाँ पार्टी भनेर आइरहेका छन्, एउटा सानो के गरेका छन्, त्यसलाई भिडियो खिचाएर आधा सेकेन्डको काम देखाइरहेका छन् ।’ ‘नेपाली कांग्रेसका साथीहरुले देशभरि यस्ता काम हजारौं काम दिनदिनै गरिरहेका हुन्छन् ।

    अप्ठ्यारोमा परेकालाई सहयोग गरिरहेका हुन्छन् । दुःख परेकालाई अस्पताल लिएर गएका हुन्छन्, हामीले कहिले पनि भिडियो खिचेर देखाउनुपर्छ भन्ने संस्कार नेपाली कांग्रेसमा रहेन । किन भने यो मेरो जिम्मेवारी हो, कर्तव्य हो, यसैका लागि म पार्टी सदस्य भएको हुँ’ उहाँको भनाइ थियो । ‘अहिले देखाउनु चलन आयो । देखाउने रोग लाग्यो, जे देखाइन्छ, त्यसबाट प्रभावित हुने रोग पनि सँगै लाग्यो । दिनैपिछे देखाएपछि यही महान रहेछ भन्ने हुन्छ, कांग्रेसले त देखाउँदैन ।

    अब हामीले देखाउन पनि थाल्नुपर्यो, मन्त्री डा. महतले भन्नुभयो, ‘झुटो देखाउनु छैन, बढाइचढाइ गर्नु छैन । तर, जे हामीले गरिरहेका छौं, त्यो देखाउनु पनि थाल्नुपर्छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ