Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नविल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित


ग्लोबल पाना
आइतबार, साउन ७ २०८०
  • 319
    SHARES

  • images
    नविल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

    काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२’ बाट सम्मानित भएको छ।

    images
    images
    images

    नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो।

    काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथी अर्थमन्त्री डा. प्रकाशशरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए।

    बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट साउथ एशियन फेडेरेसन अफ अकाउन्टेन्ट्सद्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने SAFA BPA Award का लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। नबिलले २० लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ