Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सुडान सत्ता संघर्षको सय दिन, १ हजार १३६ को मृत्यु, तिस लाख बिस्थापित


ग्लोबल पाना
सोमबार, साउन ८ २०८०
  • 319
    SHARES

  • images
    सुडान सत्ता संघर्षको सय दिन, १ हजार १३६ को मृत्यु, तिस लाख बिस्थापित

    सुडान । पोर्ट सुडान विमानस्थलमा भएको एक नागरिक विमान दुर्घटना हुँदा चार सैनिकसहित नौ जनाको मृत्यु भएको छ। सुडानी सेनाले एक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाको जानकारी दिएको हो । सुडानी सेनाका अनुसार दुर्घटनामा एक बालिकाको ज्यान बचेको छ।

    images
    images
    images

    सुडानी सेनाले विमान दुर्घटना हुनु अघि एन्टोनोभ उडिरहेको र त्यसमा गल्ती भएको र त्यसपछि विमान दुर्घटनाको शिकार भएको जानकारी दिएको छ। यस वर्षको अप्रिल १५ देखि सुडानमा सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भिडन्त जारी छ।

    त्यसबेला देखि नै पोर्ट सुडान प्रवासीहरू, कूटनीतिक नियोगका सदस्यहरू र उत्तर अफ्रिकी देशबाट भागेका केही सुडानी नागरिकहरूका लागि निकास बिन्दु बन्दै आएको छ। सुडानमा गृहयुद्ध आइतबार सयौं दिनमा प्रवेश गरेको छ ।

    यसबारे सुडानको स्वास्थ्य मन्त्रालयले हिंसामा हालसम्म कम्तीमा १ हजार १३६ जनाको मृत्यु भएको जानकारी दिएको छ। यद्यपि, अन्य अनुगमनकर्ताहरूले मृत्युको संख्या धेरै बढी हुन सक्ने विश्वास गर्छन् किनभने धेरै मृत्युहरू रिपोर्ट सार्बजनिक अझै गरिएको छैन।

    साथै, ३० लाखभन्दा बढी मानिस सुडानबाट भागेको अनुमान गरिएको छ । जसमध्ये ७ छिमेकी मुलुक इजिप्ट, चाड र दक्षिण सुडानलगायतमा भागेर शरण लिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ