काठमाडौं । गैर आवासीय नेपाली संघ अमेरिकाको पश्चिम क्षेत्रीय अध्यक्षमा समाजसेवी विष्णु केसी खत्री निर्वाचित हुनु भएकाे छ ।
संस्था र समाज प्रति उत्तरदायी भुमिका निभाउदै आउनु भएको केसीकाे सहमती सहकार्य र एकता गर्दै सवल नेतृत्व बनाएर लैजाने सपना पुरा भएकाे छ । उहाँले अमेरिकाको NRNA को आपसी एकता र सद्भावलाई बचाई राख्न समर्पित भएको र भइराख्ने समेत बताउनु भएको थियाे ।
निडर क्षमतावान र स्वाभिमानि व्यक्तिको परिचय बनाउनु भएका सामाजसेवी केसीको जन्म ओखलढुंगाको क्यानम गाउँपालिकामा भएको हो । दिलो ज्यानले खट्ने प्रतिवद्वता जनाउदै उम्मदेबारी दर्ता गराउनु भएका केसीले आज विजयी हासिल गर्नु भएकाे छ ।
उहाँले गैर आवासिय नेपाली संघ अमेरीकाको पश्चिम क्षेत्र जस अन्तर्गत अमेरीकाको पश्चिम क्षेत्रका १३ वटा राज्यहरु पर्दछन्, यसै West Coast Region को Regional Committee Chair (RCC) को अध्यक्ष पदको उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दिनु भएको थियाे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


