Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो


ग्लोबल पाना
मंगलबार, साउन ९ २०८०
  • 368
    SHARES

  • images
    टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

    काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी कम्पनिजले ग्राहकवर्गहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ।

    images
    images
    images

    हाल विद्यमान प्रतिकुल परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उदेश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएको हो । अब ग्राहकवर्गहरुले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन् ।

    कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखि अवधारणा अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो। अब टाटा कमर्सियल गाडीका ग्राहकहरुले सिप्रदीका वर्कशपहरुमा अनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिंगको फाइदा उठाउन सक्नुहुनेछ। यस मूल्य समायोजन पश्चात ग्राहकवर्गको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

    समायोजित मूल्य यहि मिति २०८० श्रावण महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूणर् नेटवर्क - सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको छ।

    साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५०,००० कि.मि. सम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान् गर्दे आईरहेको छ। अन्य सेवाहरु तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ