Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

उद्धार गरिएको मलाहा हुचिल डिभिजन वन कार्यालय गाईघाटमा बुझाइयो


ग्लोबल पाना
बुधबार, साउन १० २०८०
  • 307
    SHARES

  • images
    उद्धार गरिएको मलाहा हुचिल डिभिजन वन कार्यालय गाईघाटमा बुझाइयो

    उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ गोरेटोलाइनबाट उद्धार गरिएको लाटोकोसेरा प्रजातिको संरक्षित पक्षी मलाहा हुचिल डिभिजन वन कार्यालय गाईघाटलाइ बुझाइएको छ ।

    images
    images
    images

    स्थानीय वसन्तपंचमी सामुदायिक वन उपभोक्ता समितिका सह-सचिव समेत रहेका सुनिल राइले गोरेटो लाइनमा घाइते अवस्थामा फेलापार्नु भएको संरक्षित पंक्षी मलाहा हुचिल बुधवार वन कार्यालयलाई बुझाइएको हो ।

    अवैध ढङ्गले बिक्रीवितरण हुने गरेको उक्त पंक्षी अन्य कसैले भेटेको भए बिक्रि गर्न सक्ने भएको हुदा यस्ता संरक्षित पंक्षी वन कार्यालयलाइ बुझाउन उचित ठानेकोले आफुले डिभिजन वन कार्यालय बेल्टारमा सम्पर्क गरेर बुझाएको सुनिल राइले बताएका छन्। मलाहा हुचिलको प्राकृतिक वासस्थान नै जङ्गल हो ।

    करिब ६० वर्ष आयु हुने मलाहा हुचिल तीन केजीभन्दा माथि भयो भने खुट्टाका नङ्ग्राले सिसा काट्न सक्ने र पाँच केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने सोधकर्ताहरु बताउँछन् ।

    लाटकोसेरो प्रजातिको मलाहा हुचिलको सङ्ख्या वर्षेनी घट्ने क्रममा रहेको जनाइको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ