Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

समन्वयकारी भूमिका भएमा तस्करी अन्त्य हुन्छ: अर्थमन्त्री डा. महत


ग्लोबल पाना
बिहीबार , साउन ११ २०८०
  • 297
    SHARES

  • images
    समन्वयकारी भूमिका भएमा तस्करी अन्त्य हुन्छ: अर्थमन्त्री डा. महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिनुभएको छ । आज विमानस्थल र भन्सार अनुगमनपछि मन्त्री डा. महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गर्नुभयो ।

    images
    images
    images

    “अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । सो अवसरमा मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिकरुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिनुभएको थियो । “अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ ।”

    मन्त्री डा. महतले भन्नुभयो, ‘कार्गोलगायत भन्सारका सबैतिर अवलोकन ग-यौं, कसरी चलेको छ, सिस्टमका बारेमा बुझ्यौं । अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विभिन्न निकायले काम गरिरहेको छ । यसमा आ–आफ्नो जिम्मेवारी छ ।’ मन्त्री डा. महतले भन्नुभयो, ‘राजश्व अनुसन्धान, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी र सेना पनि छ । नागरिक उड्डयन मन्त्रालयले नै सञ्चालन गरेको छ ।

    सबैको समन्वयकारी भूमिका हुनु अनिवार्य छ । एकअर्कालाई सहयोग गर्नुपर्छ, त्यो भयो भने मात्र गैरकानुनी गतिविधि कम भएर जान्छ ।’ अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँ नयाँ प्रयोग गरिरहेका हुन्छन् । त्यसकारण हामीले पनि प्रविधिलाई त्यहीअनुरुप अपग्रेट हुनुपर्ने मन्त्री डा. महतको भनाइ थियो । उहाँले अहिले असाधारण गतिविधि भइरहेको छ, अनुसन्धानमा जोडिएका साथीहरुले यसबारे निगरानी गर्नुपर्छ ।

    यही निगरानीका आधारमा सूचना आदान–प्रदान गर्नुपर्छ । यदि यसो भयो भने अपराध गर्ने मानसिकता भएका व्यक्तिको प्रयास विफल हुने बताउनुभयो । सुन तस्करीको घटनामा पनि सुचनाकै आधारमा पक्राउ परेको बताउँदै मन्त्री महतले भन्नुभयो, ‘सबैको भूमिका यसमा महत्वपूर्ण हुन्छ, एउटैको मात्र भूमिकाले राम्रो नतिजा आउँदैन ।’

    भन्सारसँग जोडिएका साथीहरु उच्च सर्तकताका साथ समन्वयकारी भूमिका निर्वाह गरेर काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘नेतृत्वमा नयाँ साथीहरु आउनु भएको छ, उहाँहरुलाई चाहिने प्रविधि अपग्रेट गर्नका लागि अर्थ मन्त्रालय पूरा सहयोग गर्न चाहन्छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ