Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारीको तालाबन्दी


ग्लोबल पाना
शुक्रबार, साउन १२ २०८०
  • 384
    SHARES

  • images
    पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारीको तालाबन्दी

    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी गण्डकी प्रदेश समितिले तालाबन्दी गरेको छ ।

    images
    images
    images

    पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार विज्ञप्ती बुझाउँदै महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

    शुद्धीकरणको मापदण्ड विपरीत गण्डकी प्रदेश समितिले सिफारिस गरेको नामावलीप्रति गम्भिर असहमति जनाउँदै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले बताए ।

    ‘प्रदेश समितिले पत्रकारिता गरिरहेकालाई विभिन्न बाहना बनाएर हटाउने र राजनीतिक कार्यकर्तालाई अनेक तरिकाबाट सिफारिस गरेको छ,’ उनले भने, ‘राजनीतिक पुर्वाग्रहीका साथ अघि बढेको प्रदेश समितिलाई गल्ती सच्याउन पटकपटक आग्रह गर्दा एकपक्षीय रुपमा अगाडी बढेकाले प्रेस चौतारी महासंघको गण्डकी प्रदेश कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएका छौं ।’

    प्रदेश समितिले नविकरणको राजनीति गरेर स्वच्छ पत्रकारितालाई धमिलो बनाउने काम गरेको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले आरोप लगाए । शुद्धीकरणका १५ बुँदै मापदण्ड नगरी मनपरी रुपमा चौतारीका सदस्यलाई बाइपास गर्न खोजेको उनको आरोप छ ।

    ‘जिल्लाले पठाएको शुद्धीकरणमा प्रदेशबाट न्याय होला भनेको त जिल्लाबाटपठाएको नामहरुबाट मनपरी रुपमा काटे छ ।

    चौतारीका सदस्यलाई पाखा लगाउने काम गरेको छ,’ उनले भने, ‘प्रदेशको त्यो निर्णयबाट कुनै पनि संगठन खुसी छैनन् ।’

    पत्रकार महासंघ कास्कीले शुद्धीकरणको मापदण्डभित्र पर्ने भन्दै २ सय १६ जनाको नाम सिफारिस गरेको थियो ।

    प्रदेश समितिले जिल्लाको सिफारिसमा परेका नामलाई थपघट गर्दै १ सय ८४ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ