Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

थाइल्याण्डमा पटाका गोदाममा विस्फोट हुँदा ९ जनाकाेे मृत्यु, सयभन्दा बढी घाइते


ग्लोबल पाना
आइतबार, साउन १४ २०८०
  • 488
    SHARES

  • images
    थाइल्याण्डमा पटाका गोदाममा विस्फोट हुँदा ९ जनाकाेे मृत्यु, सयभन्दा बढी घाइते

    काठमाडौं । दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी गोदाममा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । सुनगाई गोलोक नामक सहरमा विस्फोट भएको हो ।

    images
    images
    images

    स्थानीय अधिकारीहरूका अनुसार सुनगाई सहरको यस भवनमा वेल्डिङको काम चलिरहेको थियो, त्यही कारण विस्फोट भएको हो ।

    स्थानीय सञ्चारमाध्यमहरूले देखाइएका भिडियोहरूले क्षेत्रमा व्यापक क्षति भएको देखाएको छ।

    विस्फोटका कारण भवनमा आगलागी भएको र यसका कारण क्षेत्रका धेरै भवनमा क्षति पुगेको छ ।

    विष्फोटका कारण गाडी, पसल र घरका झ्यालका सिसा फुटेका छन्, छाना उडेका छन् र पर्खालहरु भत्किएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ