Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एनआरएनए जापानकाे अध्यक्ष पदमा नविन निउरे निर्वाचित


ग्लोबल पाना
आइतबार, साउन १४ २०८०
  • 386
    SHARES

  • images
    एनआरएनए जापानकाे अध्यक्ष पदमा नविन निउरे निर्वाचित

    जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानकाे अध्यक्ष पदमा नविन निउरे निर्वाचित भएका छन् । गल्कोट नगरपालिका–२ ठाना बागलुङ जिल्लामा जन्मिएका निउरे सन् २०११ बाट एनआरएनए जापानमा जाेडिएका हुन् ।

    images
    images
    images

    लामो समयदेखि सामाजिक कार्यमा सक्रिय निउरे जापानमा रोजगार सँगसँगै विभिन्न संघ-संस्थामा आवद्ध भइ काम गर्दै आएका थिए । उनले एनआरएनएको अभियानमा लागेदेखि क्षेत्रीय समितिको कोषाध्यक्ष, सचिव, संयोजक हुँदै राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका थिए ।

    आफूले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने निउरे गफ र स्टन्टमा होइन काममा विश्वास गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै समाजिक सेवामा क्रियाशील रहदै आएका छन् ।

    जाापानवासी नेपालीका समस्या समाधान गर्नका लागि दत्तचित्त भएर लाग्ने निउरेले समाजसेवालाई नै आत्मसन्तुष्टिका रुपमा लिने भन्दै एनआरएनएको अभियानबाट सिकेका अनुभव अन्य समाजिक संघ संस्थाका नेतृत्वदायी तहमा रहेर गरेको योगदानलाई अब एनआरएनए जापानको नेतृत्वदायी भूमिकामा रहेर पारदर्शीता, रुपान्तरण, प्रविधिमैत्री एनआरएनए बनाउने आफ्नो लक्ष्य रहेको बताउँछन्  ।

    एनआरएनए जापानको सुधारका लागि संस्थामा दोश्रो पुस्ता, महिला, यूवाको संलग्नता, अग्रजको सम्मान, पेशागत एवं व्यवसायिक विकाशमा समन्वय, नेपाली संस्कृतिको जगेर्ना, विद्यार्थी केन्द्रित कार्यक्रम, संस्थागत विकाश एवं सुदृढिकरण, नेपालको पर्यटन प्रवर्द्धन, सुरक्षित वैदेशिक रोजगार र सचेतनामूलक कार्यक्रममा मुख्य सुधार गरेेर लैजाने उनकाे भनाई छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ