Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


ग्लोबल पाना
सोमबार, साउन १५ २०८०
  • 307
    SHARES

  • images
    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तमा जारी ससद अवरोध हटाउने र संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्नेलगायतका विषयमा छलफल भएको छ।

    images
    images
    images

    एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन हुनुपर्ने माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ। प्रतिनिधिसभा आज बस्दैछ, त्यो भन्दा अगाडि नै संसदको जारी अवरोध हटाउने विषयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

    एमाले प्रमुख सचेतक पदम गिरीले संसद अवरोध खुलाउने र रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने लगायतका विषयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच छलफल भएको डिसी नेपाललाई जानकारी दिए।

    आइतबार पनि प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो। सो छलफलले मंगलबार संवैधानिक परिषदको बैठक बोलाउने सहमति गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ