Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सबै प्रकारका नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री साउँद


ग्लोबल पाना
बुधबार, साउन १७ २०८०
  • 331
    SHARES

  • images
    सबै प्रकारका नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री साउँद

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सबै प्रकारका नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा राजदूत नियुक्तिका विषयमा जानकारी दिदै मन्त्री साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

    images
    images
    images

    उनले लोक सेवा आयोगबाट पदपूर्तिमा नै समावेशी सिद्धान्तका आधारमा सवैको प्रतिनिधित्व सुनिश्चित हुने गरी दरखास्त आह्वान तथा पदपूर्ति गर्ने गरिएको जानकारी दिए । राजदूत पदमा ५० प्रतिशत नघट्ने गरी परराष्ट्र सेवाका कर्मचारीलाई नियुक्त गर्नुपर्ने निर्देशिकाको प्रावधान पालना गर्दै अहिले राजदूत सिफारिस भएको उनले बताए ।

    विशिष्टिकृत योग्यताका आधारमा परराष्ट्र सेवाका कर्मचारीलाई राजदूत सिफारिस गरिकै कारण अहिले पूणर् रुपम समावेशी हुन नसकेको उनले बताए । मन्त्री साउदले हाल २६ देशमा कार्यरत राजदूतमध्ये महिला तीन, जनजाति चार, मधेसी एक र अपाङ्गता भएका एक जना रहेको पनि जानकारी दिए ।

    बैठकमा समिति सदस्यहरुले संविधानको व्यवस्था अनुसार समावेशीका आधारमा राजदूत सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ