Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सबैले इमान्दार भएर काम गरे राजश्वले लक्ष्य भेट्छ: अर्थमन्त्री डा. महत


ग्लोबल पाना
बिहीबार , साउन १८ २०८०
  • 246
    SHARES

  • images
    सबैले इमान्दार भएर काम गरे राजश्वले लक्ष्य भेट्छ: अर्थमन्त्री डा. महत

    वीरगन्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताउनुभएको छ । बिहीबार सुख्खा बन्दरगाह बीरगन्ज र बीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताउनुभएको हो । ‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं’ मन्त्री डा. महतले भन्नुभयो ।

    images
    images
    images

    मन्त्री डा. महले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वभाविक भएको बताउनुभयो त्यसमा राजश्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताउनुभयो । तर, बजारमा प्रशस्त माल बस्तु छ, तर राजश्व घटिरहेको छ भने मन्त्री डा. महतले भन्नुभयो, ‘त्यो अवस्थामा तपाईंहरुलाई प्रश्न गर्नेछन् । हामीले यथेष्ट काम गरेनौं, हामी जिम्मेवार भएनौं, हामीले आँखा चिम्ल्यौं अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्व दिएऔं भने राजस्व कम उठ्छ ।’

    ‘दोस्रो यहाँ हामी अनावश्यक झन्झट दिन्छौं, जायज कुरालाई पनि यो भएन भन्छौं, अरु खाले माग गरिराख्यौं भने यो झन्झट व्यहोर्नुभन्दा व्यवसायीले जोखिम मोलेरै भए पनि अर्को बाटो रोज्छौं’ मन्त्री डा. महतले भन्नुभयो, ‘त्यो अवस्थामा प्रहरी प्रशासनको भूमिका रहन्छ ।’ ‘जायज कुरालाई नजायज बनाउने थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रुपमा व्यवसायीले अर्को बाटो रोज्छन्’ मन्त्री डा. महतले भन्नुभयो, ‘राजश्व संकलनमा भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुन्छ ।

    भन्सार नाकाभन्दा बाहिरबाट माल बस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ ।’ ‘प्रविधिलाई अपग्रेट हुनुपर्छ । सुख्खा बन्दरगाहमा ठूलो मेसिन आयो, त्यो उपयोगमै आएन । किन आएन कसैलाई थाहा छैन, अरुले सहयोग नै गर्न चाहेनन् । यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो’ मन्त्री डा. महतले भन्नुभयो, ‘प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो । त्यसलाई ग्रहण गर्नुपर्छ, त्यसलाई अपग्रेट गर्न रिर्सोसको कमी हुँदैन, तर तपाईंहरुले सहयोग गर्नुपर्छ ।’

    मन्त्री डा. महतले भन्नुभयो, ‘म काम गर्न आएको हो, फाइदा उठाउन होइन । फाइदा मलाई सरकारले दिएको छ भन्ने कुरो मनन गर्नुभयो भने राजश्वले लक्ष्य भेट्ने छ । राजश्वको लक्ष्य के छ ? गत वर्ष कस्तो प्रगति भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन ? कार्यालयको योजना के छ ? यसको समाधान गर्ने बाटो के हुनसक्छ ? मन्त्रालयसँग के अपेक्षा छ ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्री डा. महतले प्रष्ट पार्नुभयो । हाम्रो आय स्रोतको ८० प्रतिशतभन्दा बढी राजश्वबाट प्राप्त हुन्छ ।

    यो ८० प्रतिशतभन्दा बढी राजश्व हामीले भन्सार आन्तरिक राजश्वबाट उठाउनुपर्छ । यो राजश्वबाट झन्डै आधा अर्थात् ४८ प्रतिशत भन्सारबाट उठाउनुपर्छ । भन्सार योगदानको ४० प्रतिशत सुख्खा बन्दरगाह भन्सार र बीरगन्ज भन्सार कार्यालयबाट प्राप्त हुन्छ । यस हिसाबले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने बुझ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ ।

    ‘राजश्वको लक्ष्य प्राप्त गर्नका लागि धेरै ठूलो जिम्मेवारी यी दुई भन्सार कार्यालयको छ । सुख्खा बन्दगाहमा के भइरहेको छ ? बीरगन्ज भन्सार कार्यालयमा के भइरहेको छ ? सबैले हेरिरहेका हुन्छन् । त्यहाँ त लक्ष्य प्राप्ति भएको छैन, हामीलाई मात्रै भन्ने ? बीरगन्जमा हुनुपर्यो नि, सुख्खा बन्दगाहमा हुनुपर्यो ? भनेर तपाईंहरुलाई भन्ने छन्’ मन्त्री डा. महतले भन्नुभयो, ‘त्यसकारण तपाईंहरु सजक रहनुहोस् ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ