Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वैदेशिक रोजगारीलाई बिट मार्दै फूलखेती


ग्लोबल पाना
शुक्रबार, साउन १९ २०८०
  • 276
    SHARES

  • images
    वैदेशिक रोजगारीलाई बिट मार्दै फूलखेती

    दाङ। घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेती गरिरहेका छन्। वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उनको योजना फूलखेतीबाट पूरा भएको छ ।

    images
    images
    images

    “फूलखेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँको फूल बिक्री भइरहेको छ”, उनले भने। फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेशिन पनि नपरेको उनको भनाइ छ । बरु यही व्यवसायलाई बिस्तार गर्दै अघि बढ्ने उनले योजना सुनाए।

    रोजगारीका क्रममा सात वर्ष कतारमा बिताएका रोका मगरले दशैँ र तिहारलगायतका पर्व एवं शुभकार्यमा फूलको माग राम्रो देखेपछि फूलखेतीमा होमिएका हुन्। हाल उनले हजारीका बिरुवा उत्पादन गर्दै बिक्री समेत गरिरहेका छन्।

    हजारीका बिरुवा घोराहीसहित तुलसीपुर, लमही, नारायणपुरका साथै कपिलवस्तु र सुर्खेतसम्म पुर्याउँछन्। थोकमा एउटा बिरुवाको रु साढे तीन र खुद्रामा रु पाँचका दरले बिक्री गर्ने गरेको उनको भनाइ छ। उनले गत तिहारमा मात्रै रु १० लाखको हजारी फूलका माला र फूल बिक्री गरेको बताए।

    दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गर्नुभएका उहाँले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएका छन्।

    “काठमाडौँतिर व्यावसायिक फूलखेती भए पनि दाङमा नभएकाले फूलखेती सुरु गरेको हुँ”, उाले भने, “घोराही बजार नजिकै भएकाले बजारको कुनै समस्या छैन ।” पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने भए पनि हाल बाह्रै महिना माग हुने गरेको उनको भनाइ छ ।

    अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आएका छन्। फूलको माग दसैँ तिहारमा बढी हुने गरेको उनको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ