Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

QR पेमेन्टका लागि कृषि विकास बैंककाे इन्सट्यान्ट पेमेन्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा


ग्लोबल पाना
शुक्रबार, साउन १९ २०८०
  • 680
    SHARES

  • images
    QR पेमेन्टका लागि कृषि विकास बैंककाे इन्सट्यान्ट पेमेन्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा

    काठमाडौं । QR पेमेन्टका लागि कृषि विकास बैंकले इन्सट्यान्ट पेमेन्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ।

    images
    images
    images

    बैंकका सेवा सुविधाहरुलाई सूचना प्रविधिमैत्री बनाई अत्याधुनिक बैंकिङ सेवाको विस्तार एवम् सेवा प्रवाहलाई छिटो, छरितो, गुणस्तरयुक्त तथा भरपर्दो बनाउने अभिप्रायलाई आत्मसात गर्दै बैंकले यो सेवा सञ्चालनमा ल्याएको बताएको छ।

    यस सेवा सुरूवातपछि अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोडमार्फत् आफ्ना ग्राहकहरूले भुक्तानी गरेपछि सो भुक्तानीको सूचना मर्चेन्टले एसएमएस तथा इ-मेलको अलावा आवाजबाट पनि पाउनेछन्।

    नेपाल क्लियरिङ हाउस (एनसिएचएल) सँगको सहकार्यमा नेपाल पे क्युआर कोड नेटवर्कमा आवद्ध मर्चेन्टहरूले यो सुविधा प्राप्त गर्नेछन्। बैंकले ल्याएको यस सेवाबाट हाल नेपाल पे क्युआर कोड नेटवर्कमा आवद्ध मर्चेन्टहरूमार्फत भुक्तानी भएको जानकारी आवाजबाटै तत्काल पाउनेछन्।

    यसबाट डिजिटल भुक्तानीमा ग्राहकहरूको विश्वसनीयतामा अभिवृद्धि हुने तथा डिजिटल भुक्तानी प्रणाली थप सुरक्षित हुने बैंकले अपेक्षा गरेको छ। कृषि क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिने अभिप्रायले कृषिको क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग पुर्‍याउने उद्देश्यले यो बैंक स्थापना भएको हो।

    यस बैंकले हाल मुलुकभर २८५ भन्दा शाखाहरूबाट ग्राहकहरुलाई ‘क’ वर्गको बैंकले प्रदान गर्ने सम्पू्र्ण अत्याधुनिक सेवा सुविधा प्रदान गरिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ