Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

माओवादी बैठकको चौथो दिन, प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्नेक्रम जारी


ग्लोबल पाना
शनिबार, साउन २० २०८०
  • 333
    SHARES

  • images
    माओवादी बैठकको चौथो दिन, प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्नेक्रम जारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको छलफल सुरु भएको छ।

    images
    images
    images

    कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन्।

    बुधबारदेखि सुरु भएको बैठकमा शुक्रबारसम्म एक सय ४२ ले उक्त प्रस्तावमा आधारित रहेर धारणा राखेका छन्। शुक्रबार ६८ केन्द्रीय सदस्यले धारणा राखेका थिए। प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ।

    बैठकमा तीन सय ८७ पूणर् र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्यका साथै अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ