Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अन्तरराष्ट्रिय मानव अधिकार संगठन नेपालको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न


ग्लोबल पाना
आइतबार, साउन २१ २०८०
  • 343
    SHARES

  • images
    अन्तरराष्ट्रिय मानव अधिकार संगठन नेपालको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न

    काठमाडाैं । अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपाल (IHRO) को उद्घाटन समारोह काठमाण्डौंको बसेरा होटलमा भव्यताका साथ सम्पन्न भयाे ।

    images
    images
    images

    लाइन्स कल्बका अग्रज व्यक्तित्वहरुको सहभागीतामा श्रावण २० गते उद्घाटन सम्पन्न भएको हो । विश्वभर मानव अधिकार दिवस १० डिसेम्बरमा मनाइने गरिन्छ ।

    अन्तरराष्ट्रिय मानव अधिकार संगठन नेपाल एक स्वायत्त,स्वच्छिक,गैर सरकारी,गैर दलिय र गैर लाभकारी संस्था हो । जसले विश्वमा समानता समाजको लागि मानव अधिकारको संरक्षण र कार्यान्वयन गर्ने परिकल्पना गर्दछ ।

    IHRO ले व्यक्तिहरुको मानव अधिकारको वकालत गर्न २० भन्दा बढी देशहरुमा आफ्ना साझेदारीहरुसँग विश्वव्यापी रुपमा काम गर्दछ ।

    यसले न्याको लागी आवाज उठाउनुको साथै आर्थिक,सामाजिक,राजनितिक सबैमा न्याय खोज्ने गर्दछ । साथै कुनै पनि पिडित व्यक्ति,राष्ट्र र जनताको स्वतन्त्रताको लागी आवाज उठाउँदै मर्यादा र अधिकारमा सबै मानिसलाई समान व्यवहार गर्ने र सार्वभौमिकताको भावनामा भातृत्वको सृजना गर्ने मुल मन्त्रका साथ यस संस्था अगाडी बढेको छ ।

    मानिस भएर जन्म लिए पछि उनीहरुको सम्मान पुर्वक बाच्न,खान,लाउन,बोल्न देखि विभिन्न अधिकारहरु पाउनु पर्दछ । यसले हक अधिकारबाट बञ्चित भएको पिडित वर्गाको उद्धारका निमीत्त यो सगंठनको जन्म भएको हो ।

    यस सगंठनको उद्घाटन IHR नेपालका अध्यक्ष समाजसेवी तथा सामाजीक अभियन्ता भि.के एस ठकुरीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको हो ।

    उद्घाटन कार्यक्रममा अमर बहादुर श्रैष्ठ,विनय बस्नेत,बलराम श्रेष्ठ, महेश प्रसाद पोख्ररेल,गोपाल श्रेष्ठ,अमित शर्मा,अरुण कुमार गुरुगं,सुष्मा शर्मा,जहेन्द्र लाल श्रेष्ठ पत्रकारहरु लगायत विशिष्ट व्यक्तिहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

    कार्यक्रम सञ्चालन पत्रकार तथा अधिबक्ता साधना बस्नेतले गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ